A S H I S H N I R M A N S E W A

Thanks for Waiting

म्यादअघि नै अस्पताल भवन हस्तान्तरण

    You Are Currently Here!-
  • Home
  • -All News-म्यादअघि नै अस्पताल भवन हस्तान्तरण

म्यादअघि नै अस्पताल भवन हस्तान्तरण

January 13, 2025 ans_admin 0 Comments

सुर्खेत — ठेक्का सम्झौता भएका सार्वजनिक भवन, पुल, सडकलगायत आयोजना लामो समयदेखि लथालिंग बन्दै आएका छन् । अधिकांशमा निर्माण व्यवसायीले पेस्की रकम बुझेर ठेक्का अलपत्र पार्ने, डिजाइन नमिलेर समस्या आउने, निर्माणस्थल ‘क्लियर’ नै नहुनाले निर्माणले गति लिएको छैन ।

यो भीडमा केही निर्माण सम्झौता अगावै सम्पन्न भएका छन् । यस्तै काम भएको छ सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालको भवन निर्माणमा ।

भवन निर्माणको ठेक्का ०७३ माघ १२ मा भएको थियो । ०७६ माघ १८ गते निर्माण सक्ने गरी सम्झौता भएको उक्त भवनको ठेक्का आशिष एन्ड कन्टेक जेभीले लिएको हो । समयभन्दा ६ महिनाअघि नै भवन निर्माण गरेर आइतबार सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतलाई हस्तान्तरण गरिएको छ ।
‘अहिले निर्माण व्यवसायीलाई ठेक्का लिएर अलपत्र पार्‍यो भन्ने आरोप लाग्ने गरेको छ,’ आशिष निर्माण सेवाका प्रोजेक्ट म्यानेजर ईश्वर आर्चायले भने, ‘सबैको साथ सहयोगमा हामीले ठेक्का लिएको भवन समयअघि नै निर्माण गरेर हस्तान्तरण गरेका छौं ।’ उनका अनुसार तीन महिना मेसिन र जनशक्ति जम्मा गर्न समय खर्चिएको हो । भवन साढे २ बिघा क्षेत्रफलमा बनेको छ । निर्माण पूरा भए पनि अस्पताल सञ्चालनमा आउन समय लाग्ने भएको छ । अहिले निर्माणको काम मात्र पूरा भएको छ । उपकरणहरू जडान भएको छैन ।


‘सानो आयोजना निर्माण समयअघि नै सकेर हस्तान्तरण हुन्थ्यो,’ संघीय आयोजना कार्यान्वयन इकाईका इन्जिनियर नरेन्द्र बुढाले भने, ‘ठूलो लगानीको आयोजना समयअघि नै सकिएको सायद यो पहिलो हो ।’ उनले निर्माण व्यवसायीले ढिलाइ गरेर आयोजना लथालिंग बनिरहेको समयमा चाँडै निर्माण सकिएको कुराले राम्रो सन्देश जाने बताए । पहिला क्षेत्रीय अस्पताल भए पनि प्रदेश सरकारले यसलाई प्रदेश अस्पतालका रूपमा स्तरोन्नति गरेको हो । संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतका आयोजना प्रमुख जगदीश लामिछानेका अनुसार सम्झौताअनुसार नै भवन बनेको छ ।
‘यसरी समयअघि नै निर्माण सक्ने व्यवसायीले पुरस्कार पाउनेछन्, जुन कुरा ठेक्का सम्झौता गर्ने समयमै उल्लेख गरिएको हुन्छ,’ उनले भने । उनका अनुसार निर्माण व्यवसायीले सम्झौतामा उल्लेख भएभन्दा बढी काम गरेका छन् । ‘भवन प्रदेशकै नमुना बनेको छ,’ उनले भने । उक्त भवन आयोजनाले प्रदेश अस्पतालाई हस्तान्तरण गर्नेछ । अस्पतालमा दैनिक बिरामीको चाप छ । बिरामीको भीड नलागेको दिन छैन ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खडकाका अनुसार अस्पताल सञ्चालनमा आउन चाँडोमा ३ महिना लाग्नेछ । ‘हामीले पछिसम्मलाई हेरेर १ हजार बेडको अस्पताल माग गरेका थियौं,’ उनले भने, ‘अहिले ३ सय बेड मात्र हुने भएको छ, जनशक्ति ६ सय माग गरेकामा ५ सय मात्र हुने भएको छ ।’ उनका अनुसार बिरामीको चाप भए पनि चिकित्सकको दरबन्दी माग गरेअनुसार छैन । कर्णालीमा चिकित्सक जान मान्दैनन् ।

प्रकाशित : श्रावण २३, २०७६ ०८:१८

leave a comment

Maharajgunj, Kathmandu ashishnirmansewa@gmail.com